तस्बिरमा टुँडिखेलको गौरा

दिपेश श्रेष्ठ ७ भदौ २०८० १६:३५ | Thursday, August 24, 2023
तस्बिरमा टुँडिखेलको गौरा गौरा पर्व । फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्य चाडमध्ये एक हो, ‘गौरा’। जसलाई सुदूरपश्चिमेलीहरूले धुमधामसाथ मनाउने गर्छन्। धार्मिक र सांस्कृतिक पर्वका रूपमा प्रसिद्ध यो पर्व भाद्र कृष्ण पञ्चमीबाट सुरु हुने गर्छ।

पञ्चमीदेखि सुरु हुने गौराको पहिलो दिन दलहन वस्तुको बिरुडा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने चलन छ। बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ। बिरुडा भिजाएर गौरा सुरु हुन्छ। पर्वको दोस्रो दिन गेडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ।

सप्तमी अर्थात् गौराको तेस्रो दिन महिलाहरू खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपामार्ग गरी नौ प्रकारका बिरुवालाई गौरा बनाई भित्र्याउँछन्। त्यसैलाई गौरा भनिन्छ। जसलाई व्रतालु महिलाले डालोमा राखेर फाग गीत गाउँदै नचाउने गर्छन्।

सप्तमीका दिन गौरालाई घरमा भित्र्याएर पूजापाठ गरिन्छ भने अष्टमीका दिन त्यसलाई सेलाएर देउडा खेल्ने चलन छ। यस पर्वमा गौरा र शिवको पूजा गर्ने गरिन्छ। पार्वती र महादेवका पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ।

देश विदेशमा रहेका सुदूरपश्चिमवासीले विभिन्न कार्यक्रम गरेर गौरा मनाउँछन्। काठमाडौँ उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि बिहीबार काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाएका छन्।

 

 

प्रकाशित: ७ भदौ २०८० १६:३५ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast