तस्बिरमा जनैपूर्णिमा

दिपेश श्रेष्ठ १४ भदौ २०८० ११:१२ | Thursday, August 31, 2023
तस्बिरमा जनैपूर्णिमा

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

विभिन्न शक्ति पीठमा पनि रक्षाबन्धन गरिएको छ। गुरुहरूबाट वैधानिक तवरले बनाएको रक्षा बाध्ने र आर्शीवाद लिने क्रम चलिरहेको छ। हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथमा पनि बिहानैदेखि घुँइचो छ। स्नान गर्ने र डोरो बाध्ने क्रम चलिरहेको छ।

प्रकाशित: १४ भदौ २०८० ११:१२ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast