ठूलो परिमाणमा समातिएको सुन किन नतौलिएको ? : सुरेन्द्र पाण्डे

हिमाल प्रेस २७ साउन २०८० १४:०७ | Saturday, August 12, 2023
ठूलो परिमाणमा समातिएको सुन किन नतौलिएको ? : सुरेन्द्र पाण्डे

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ठूलो परिमाणमा समातिएको सुन अहिलेसम्म मापन नहुनु शंकास्पद भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले सुन मापनमा ढिलाइ हुनुले परिमाण हेरफेर हुनसक्ने आशंका गरेका छन्।

‘ठूलो परिमाणको सुन समातिएको महिना दिन नाघि सक्यो। तर, आजसम्म त्यसको परिमाण मापन भएको सुनिंदैन । धेरै दिन पहिले नै हुनुपर्ने होइन र?,’ उनले लेखेका छन्, ‘यसप्रकारको ढिलाइले परिमाण हेरफेर त हुने होइन? संसद्को द्वन्द्वले यसमा तलमाथि नपरोस्।’

साउत २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई सिनामंगल पुगेको करिब १०० किलोग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

सुन बरामद भएको एक महिना पुग्न लाग्दा पनि त्यसको यकिन परिमाण अझै सार्वजनिक गरिएको छैन। उक्त सुन हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ।

 

प्रकाशित: २७ साउन २०८० १४:०७ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast