टिकटक बन्द गराउन माग गर्दै युवराज सफलले दिए सरकारलाई निवेदन

हिमाल प्रेस १२ भदौ २०८० १७:४० | Tuesday, August 29, 2023
टिकटक बन्द गराउन माग गर्दै युवराज सफलले दिए सरकारलाई निवेदन

काठमाडौँ– टिकटक बन्द गराउन माग गर्दै नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले सरकारसँग माग गरेका छन्। उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिँदै टिकटक बन्द गर्न माग गरेका हुन्। युवराज सफल आफैँ भने अधिकांश समय टिकटक लाइभमै हुने गर्छन्।

टिकटकको माध्यमबाट नेपालमा गालीगलौज, मानहानी, अश्लिलता र अपराध बढेको भन्दै उनले बन्द गर्न माग गरेको बताएका छन्। उनले टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने बताएका छन्। टिकटक संचालन मापदण्ड, आचारसंहिता लागु गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटलाई कानुनी दायरामा ल्याउन पनि माग गरेका छन्।

टिकटकमा गेमको नाममा लाखौं करोडौंको कारोबार हुने गरेको बताउँदै गिफ्ट प्राप्त गर्नेहरुले कुनै राजस्व नतिरेको पनि दाबी गरेका छन्।

प्रकाशित: १२ भदौ २०८० १७:४० | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast