झाडीमा नवजात शिशु

हिमाल प्रेस ४ भदौ २०८० २०:२५ | Monday, August 21, 2023
झाडीमा नवजात शिशु प्रतीकात्मक तस्बिर।

बाजुरा- त्रिवेणी नगरपालिका-४, तोलीको ढोगदेना गाउँ पछाडि आज (सोमबार) नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।सोही नगरपालिका-४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो। नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिए।

झाडीमा नवजात शिशु जिउँदै रहेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ। नवजात शिशु बालक रहेको बताए। नवजात शिशु फाल्नेको प्रहरीले खोजी गरिरहेको छ। -रासस

प्रकाशित: ४ भदौ २०८० २०:२५ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast