जापानको सहयोगमा बनेको खानेपानी आयोजना हस्तान्तरण

हिमाल प्रेस १ भदौ २०८० २१:३५ | Friday, August 18, 2023
जापानको सहयोगमा बनेको खानेपानी आयोजना हस्तान्तरण

काठमाडौँ- जापान सरकारको सहयोगमा सिन्धुपाल्चोकमा बनेको खानेपानी आयोजना हस्तान्तरण गरिएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘प्रोजेक्ट फर इम्प्रुभिङ वाटर एक्सेस एण्ड एग्रिकल्चर इन्मक’ अन्तर्गत निर्माण गरिएको आयोजना शुक्रबार हस्तान्तरण गरिएको हो।

नेपालका लागि जापानका राजदूत युताका किकुताले उक्त आयोजना हस्तान्तरण गरेका हुन्। जापान सरकारको अनुदान सहयोगमा ‘पिस विन्ड्स जापान’ नामक जापानको गैरसरकारी संस्थाले सन् २०२० देखि सिन्धुपाल्चोकमा खानेपानी सुविधा निर्माण सुरु गरेको थियो।

उक्त आयोजनाले दैनिक खोनपानीको मात्र नभई तरकारी खेतीमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १ भदौ २०८० २१:३५ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast