‘जातीय राज्य दिन्छौँ’ भन्ने अभिव्यक्तिका कारण संसद्‌मा घेरिए प्रधानमन्त्री

हिमाल प्रेस १२ भदौ २०८० ११:३३ | Tuesday, August 29, 2023
‘जातीय राज्य दिन्छौँ’ भन्ने अभिव्यक्तिका कारण संसद्‌मा घेरिए प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  जातीय राज्य बनाउने अभिव्यक्तिबारे संसद्‌मा प्रश्न उठेको छ। दाहालले केही दिनअघि विश्व आदिवासी दिवसमा आयोजित एक कार्यक्रममा कोशी प्रदेको नामकरण पहिचानका आधारमा गर्न आफूले प्रयास गरिरहेको बताएका थिए।

प्रतिनिधिसभामा मंगलबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रधानमन्त्रीलाई सोही प्रश्न गरेकी हुन्। उनले प्रश्न गरिन्, ‘हामीले जितेमा जातीय राज्य दिन्छौँ भन्नु संविधानविपरीत भएन?’  सांसद न्यौपानले १२३ भाषाभाषी र १४२ जातजाति बसोबास गरेको भूगोल सबै नेपालीको पुँजी रहेको बताइन्।

उनले भनिन्, ‘यसलाई हामीले बचाएर राख्नुपर्ने हो। सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाल यसमा मेरो अटल विश्वास छ’, उनले भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूको यस्तो अभिव्यक्ति ले जातीय द्वन्द्व त निम्त्याउने होइन?’

सांसद न्यौपानेले सुदूरपश्चिम प्रदेशकै भवनबाट कहिले सभा चलाउन पाउने भनेर प्रश्न गरिन्। प्रधानमन्त्रीले जवाफमा सरकार विधिको शासनमा प्रतिबद्ध रहेको बताए।   उनले भने, ‘नेपाल सदीयौँदेखि आपसी सम्मानमा प्रतिबद्ध छ। यो नै नेपालीको पहिचान हो।’

प्रकाशित: १२ भदौ २०८० ११:३३ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast