जनमतले उद्योग समितिमा खानलाई उम्मेदवार बनाउने

हिमाल प्रेस १० भदौ २०८० १३:३७ | Sunday, August 27, 2023
जनमतले उद्योग समितिमा खानलाई उम्मेदवार बनाउने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान।

काठमाडौँ– सीके राउत नेतृत्वको जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।समितिको सभापतिको निर्वाचन सोमबार हुँदैछ। सभापति चयनको लागि आज (आइतबार) अपरान्ह ४ बजेसम्म मनोनयनको समय तोकिएको छ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापति चयन गर्न निर्वाचन हुन लागेको हो। सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार उद्योग समितिको सभापति जनमतले पाएको हो।

सभापतिमा उम्मेदरवारी दिनको लागि समितिमा कम्तीमा ३ जना सदस्य हुनुपर्छ। साउन २२ मा कांग्रेसले ४, एमाले ३, माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले एक–एक सिटको सभापति लिनेगरी भागवण्डा गरेका थिए। यीमध्येबाट सत्तापक्षको एक सिट घट्ने भएको छ।

दलहरूको आजको बैठकले एक समितिको सभापति राप्रपालाई दिने निर्णय गरेका थिए। बाइपासमा परेको अर्को दल रास्वपालाई समितिको सभापति दिने या नदिने भन्नेबारे अझै टुंगो लागेको छैन। रास्वपाले समितिको सभापतिका लागि उम्मदेवारी दिने निर्णय भने गरिसकेको छ।

प्रकाशित: १० भदौ २०८० १३:३७ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast