जंगली च्याउ खाँदा छोरीको मृत्यु, बाबुआमा सिकिस्त

हिमाल प्रेस ३२ साउन २०८० ७:०० | Thursday, August 17, 2023
जंगली च्याउ खाँदा छोरीको मृत्यु, बाबुआमा सिकिस्त

दाङ-  दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो।

जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए।

उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मंगलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो।

मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ। उनका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ।

प्रकाशित: ३२ साउन २०८० ७:०० | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast