चिकित्सा शिक्षा ऐन परिमार्जनको माग राख्दै काठमाडौँमा स्वास्थ्यकर्मीहरूको प्रदर्शन

हिमाल प्रेस २८ साउन २०८० १४:४५ | Sunday, August 13, 2023
चिकित्सा शिक्षा ऐन परिमार्जनको माग राख्दै काठमाडौँमा स्वास्थ्यकर्मीहरूको प्रदर्शन

काठमाडौँ- चिकित्सा शिक्ष ऐन परिमार्जनको माग राख्दै स्वास्थ्यकर्मीले काठमाडौँमा प्रदर्शन गरेका छन्। वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने मागसहित चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन्।

उनीहरूले विश्ववद्यालय, प्रतिष्ठान, सीटीईभीटी लगायतको स्वायतत्ता माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरूको तत्काल भर्ना खोल्नुपर्नेलगायत माग गरेका छन्।

प्रदर्शनमा सहभागीले चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए। चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका प्राविधिक शिक्षा र चिकित्सा शिक्षामा समस्या देखिएकाले आन्दोलन गर्न बाध्य भएको बताए।

प्रकाशित: २८ साउन २०८० १४:४५ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast