 
                             
                                            काठमाडौँ- चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ।
उपाध्यक्ष पदका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले नाम छनोटका लागि आवेदन माग गरेको हो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा ५ मा चिकित्सा शिक्षा आयोग गठन हुने व्यवस्था रहेको र सोही दफाको उपदफा १(घ) बमोजिम चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका चिकित्सकहरु मधयेबाट नेपाल सरकारले नियुक्ति गरेको एक जना उपाध्यक्ष रहने प्रावधान छ।
सोही ऐनको दफा २२ को उपदफा (२) बमोजिम चिकित्सा शिक्षा आयोगको पुरा समय काम गर्ने प्रमुख कार्यकारीका रूपमा उपाध्यक्ष रहने प्रावधान छ ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियक्ति सिफारिसका लागि सोही ऐनको दफा २३ बमोजिम लोकसेवा आयोगका अध्यक्ष संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था छ । उक्त समितिले आयोगको उपाध्यक्ष पदका लागि तीन जना व्यक्ति छनौट गरी सरकार समक्ष सिफारिस गर्ने छ।
साथै योग्यता पूरा गरेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्ने छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 