चन्द्रागिरिबाट विशेष अभियान सुरु गर्दै माओवादी

हिमाल प्रेस १४ भदौ २०८० ११:२४ | Thursday, August 31, 2023
चन्द्रागिरिबाट विशेष अभियान सुरु गर्दै माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान अन्तर्गत प्रत्येक वडामा जाने अभियानको सुरुवात काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ बाट सुरु हुने भएको छ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो अभियानको सुरुवात गर्ने भएका हुन्।

गत स्थानीय निर्वाचनमा यो वडा माओवादीले जितेको वडा हो। माओवादीले यही भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ।

तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारीसम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा माओवादीको योजनाका बारेमा जानकारी गराउने निर्णय गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको माओवादीको केन्द्रीय कमिटी बैठकले गरेको थियो।

त्यही कार्यक्रम अन्तर्गत माओवादीले प्रत्येक स्थानीय तहमा पहिलो चरणको तयारी बैठक सम्पन्न गरिसकेको उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले बताए। वडा वडामा केन्द्रित हुने कार्यक्रम अन्तर्गत अध्यक्ष प्रचण्ड चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा जान लागेको र अध्यक्षले अभियानको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता सापकोटाले बताए।

माओवादीले मंसिर १६ सम्म जनतासँग माओवादी कार्यक्रम सम्पन्न गरेपछि मंसिरमै विधान सम्मेलन र त्यसको ३ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

प्रकाशित: १४ भदौ २०८० ११:२४ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast