‘घरज्वाइँ’ बन्दै दयाहाङ राई

हिमाल प्रेस २५ साउन २०८० १३:१४ | Thursday, August 10, 2023
‘घरज्वाइँ’ बन्दै दयाहाङ राई

काठमाडौँ- चर्चित अभिनेता दयाहाङ राई फिल्म ‘घरज्वाइँ’ मा अनुबन्धित भएका छन्। फिल्ममा उनी मुख्य भूमिकामा रहनेछन्। अनिल बुढामगरको निर्देशनमा बन्ने फिल्मका निर्माता जनक घर्तीमगर हुन्।

माघबाट छायांकन सुरु हुने भनिएको फिल्ममा दयाहाङबाहेक शिशिर वाङ्देल र राज थापामगर पनि रहने निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन रुकुममा हुनेछ। लेखन विनोद खतिवडा, सुवास कोइराला र निर्देशक मगरको रहनेछ।

अनिलले यसअघि फिल्म ‘लोम्बा’ निर्देशन गरिसकेका छन्। भेडाहरूको नेता जसलाई ‘लोम्बा’ भनिन्छ त्यसैमाथि उनले छोटो फिल्म बनाएका छन्। लोम्बाको मृत्युपछि गोठालालाई आइपर्ने समस्यामा उनले फिल्म देखाएका छन्।

त्यस्तै फलामखानी उत्खनन गर्ने ‘आग्रे’ माथि उनले वृत्तचित्र बनाएका छन्। जसमा फलामखानीमा काम गर्ने ८६ वर्षीय रज बुढामगरको कथा छ।

प्रकाशित: २५ साउन २०८० १३:१४ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast