ग्लोबल आइएमई बैंकले तिर्‍यो ५ अर्ब ४३ करोड कर

हिमाल प्रेस २८ साउन २०८० १२:४७ | Sunday, August 13, 2023
ग्लोबल आइएमई बैंकले तिर्‍यो ५ अर्ब ४३ करोड कर

काठमाडौँ- ग्लोबल आइएमई बैंक सबैभन्दा बढी कर दाखिला गर्ने वाणिज्य बैंकहरूको सूचीको पहिलो नम्बरमा परेको छ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो।

अर्थ मन्त्रालयका अनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपैयाँ कर दाखिला गरेको छ। यो कर बैंकले वर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै कर हो।

ग्लोबल आइएमई बैंकले गएको आवमा ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा अघिल्लो आव २०७८/७९ को तुलनामा ४६.२६ प्रतिशतले बढी हो।
बैंकले अघिल्लो आव २०७८/७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो।

२१ वटा बैंक तथा वित्तीय संस्था मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओ रत्नराज बज्रचार्य हुन्।

प्रकाशित: २८ साउन २०८० १२:४७ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast