गोरखाको भच्चेकमा नि:शुल्क दन्त शिविर : २८६ जनाले लिए सेवा

हिमाल प्रेस २९ साउन २०८० १९:०७ | Monday, August 14, 2023
गोरखाको भच्चेकमा नि:शुल्क दन्त शिविर : २८६ जनाले लिए सेवा

गोरखा- गोरखा जिल्लाको उत्तरी क्षेत्र अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा दन्त शिविर भएको छ। मुटु फाउण्डेशन काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सको प्रायोजन र अजिरकोट गाउँपालिकाको आयोजनामा अजिरकोट गाउँपालिका-३ स्थित भच्चेक आधारभूत अस्पतालमा दुईदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो।

आइतबारदेखि सुरु भएको दन्त शिविरमा २८६ जनाले सेवा लिएको मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए। जसमध्ये १७२ जनाले दाँत निकालेका छन् भने ७३ जनाले दाँत सफा र ३० जनाले सिमेन्ट भरेको गुरुङले बताए।

ओम समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको उक्त दन्त शिविरमा अजिरकोट गाउँपालिकाभित्रको खरिबोट, हंसपुर, मुच्चोक, घ्याच्चोक र सिमजुङका बिरामीले सेवा लिएका थिए।

यसअघि मुटु फाउण्डेशनले गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो भने गोरखाको शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकामा १५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो।

प्रकाशित: २९ साउन २०८० १९:०७ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast