गालेको सुनको तौल : ६० किलो ७१६ ग्राम [फोटो फिचर]

सुनको ३४ वटा बिस्कुट बनाइयो

दिपेश श्रेष्ठ ३० साउन २०८० १४:५९ | Tuesday, August 15, 2023
गालेको सुनको तौल : ६० किलो ७१६ ग्राम [फोटो फिचर] सुन गालिँदै। फाइल तस्बिर

काठमाडौँ- तस्करीले भन्सार छलेर ल्याएको सुन राष्ट्रबैंकको टक्सार महाशाखाले गालेर पनि जोखेको छ। गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम रहेको महाशाखाका निर्देशन थानेश्वर आचार्यले जानकारी दिए।

सोमबार ब्रेक सुबाट झिकिएको सुन आज गालिएको हो। अब गालिएको सुनको गुणस्तर मापन गरिनेछ।

‘हंगामा मच्चाएको सुन तस्करी काण्डमा हामीले ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको थियो,’आचार्यले भने, ‘आज गालेर सकिएको छ। ६० किलो ७१६ ग्राम तौल आएको छ। ३४ वटा बिस्कुट बनेका छन्।’ गालेर जोख्दा जर्ती ७३ ग्राम गएको छ।

प्रकाशित: ३० साउन २०८० १४:५९ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast