गमगढी–नाक्चेलाग्ना : ७ वर्षमा १८ किमी ट्रयाक

हिमाल प्रेस २८ साउन २०८० १२:३७ | Sunday, August 13, 2023
गमगढी–नाक्चेलाग्ना : ७ वर्षमा १८ किमी ट्रयाक

मुगु– उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडकको ट्रयाक ७ वर्षमा १८ किलोमिटर मात्र खोलिएको छ।

यो सडक आर्थिक वर्ष २०७२/७३ बाट निर्माण सुरु गरिएको थियो। मुगु जिल्लाको मात्र नभई साबिक कर्णाली अञ्चलकै ‘लाइफ लाइन’का रूपमा हेरिहेको सडकखण्ड ९६ किमीको छ। २०६२/६३ मा गरिएको विस्तृत अध्ययन प्रतिवेदनअनुसार सडक खण्डको लागत २५ करोड थियो।

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटीले पर्याप्त बजेट नहुँदा निर्माणमा ढिलाइ भएको बताए। उनले भने, ‘अहिले आइरहेको बजेट बर्खाको पहिरो पन्छ्याउँदैमा सकिन्छ। नयाँ ट्रयाक कसरी खोल्नु?’

गत आव २०७८/७९ चार करोड ९३ लाख सडक निर्माणमा खर्च भएको थियो भने आव २०७९/८० मा चार करोड ४० लाख खर्च भएको छ।

हालसम्म सडक निर्माणका लागि कुल २० करोडभन्दा बढी रकम खर्च भइसकेको छ। सडक निर्माणको काम थोदुङ क्याराभान जेभी निर्माण कम्पनीले लिएको छ।  – रासस

प्रकाशित: २८ साउन २०८० १२:३७ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast