‘गणपति’ बने मुकुन

हिमाल प्रेस ३० साउन २०८० १२:२६ | Tuesday, August 15, 2023
‘गणपति’ बने मुकुन

काठमाडौँ- फिल्म ‘गणपति’को ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सामाजिक विषयवस्तुमा आधारित फिल्मका मुख्य कलाकार हुन् मुकुन भुषाल। जन्मदा भगवान गणेश भएर जन्मिएका मुकुनको जीवनमा आइपर्ने उतारचढाव, वियोग र प्रेमको कथा फिल्मले देखाउन खोजेको छ।

फिल्ममा मुकुनसहित मेनुका प्रधान, प्रकाश घिमिरे, सुर्यमाला शर्मा, राजाराम पौडेल, कविता न्यौपाने, अंशु महर्जन, पुष्कर गुरुङ, जयनन्द लामा, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ।

सविन अधिकारीले लेखन र निर्देशन गरेको फिल्मको पटकथा र संवाद पनि सविन र असिम काफ्लेको छ। हरि घले लामाको छायांकन र विपीन मल्लको सम्पादनमा बनेको फिल्मको गीतमा बाबुल गिरीको संगीत छ।

फिल्मका निर्माता लक्ष्मण रिजाल हुन्। फिल्म रिजाल एन्ड रिजाल प्रोडक्सन र श्री राम बलामी फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको छ। फिल्म आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुनेछ।

 

प्रकाशित: ३० साउन २०८० १२:२६ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast