‘गणपति’को लिरिकल गीत ‘उन भित्र गुन’ आयो

हिमाल प्रेस १२ भदौ २०८० १३:३२ | Tuesday, August 29, 2023
‘गणपति’को लिरिकल गीत ‘उन भित्र गुन’ आयो

काठमाडौँ- प्रदर्शनमा आउन दुई बाँकी रहँदा फिल्म ‘गणपति’को लिरिकल गीत ‘उन भित्र गुन’ सार्वजनिक भएको छ। मुकुल भुसाल, मेनुका प्रधान मुख्य भूमिकामा रहेको फिल्मको गीतमा स्वर, संगीत बाबुल गिरीको रहेको छ। शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा मुकन, मेनुकालगायत कलाकारलाई देख्न सकिन्छ।

सविन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ।

फिल्ममा निर्देशनसँगै पटकथा र संवाद पनि सविनकै छ। फिल्ममा हरि घले लामाको छायांकन र विपिन मल्लको सम्पादन छ। फिल्म भदौ १४ देखि प्रदर्शनमा आउनेछ।

प्रकाशित: १२ भदौ २०८० १३:३२ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast