खोलामा पौडी खेल्ने क्रममा बालकको मृत्यु

हिमाल प्रेस ९ भदौ २०८० ६:१९ | Saturday, August 26, 2023
खोलामा पौडी खेल्ने क्रममा बालकको मृत्यु प्रतीकात्मक तस्बिर।

तनहुँ- भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ।

लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शुक्रबार पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

बालकलाई अन्दाजी ८०० मिटर तल भेटिएको थियो। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ भदौ २०८० ६:१९ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast