प्रतिनिधिमूलक तस्बिर।
झापा- कनकाई नगरपालिका–१ स्थित दुर्गापुर, सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी छोरी चार वर्षीया निशा भुजेल र देवीमाया जोगीका छोरा तीन वर्षीय कुमार जोगीको डुबेर मृत्यु भएको हो।
बिहीबार घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर् याएका थिए। उनीहरूमध्ये एक जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो।
एकजनाको बिर्तामोडस्थित पूर्ण टुंग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।
प्रकाशित: २६ साउन २०८० ६:१९ | Friday, August 11, 2023
प्रतिक्रिया





