खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार

हिमाल प्रेस ११ भदौ २०८० १३:१९ | Monday, August 28, 2023
खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ।

शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो।

मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेंगु संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।

मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए। वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ।

प्रकाशित: ११ भदौ २०८० १३:१९ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast