खुर्काेटमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

हिमाल प्रेस ३२ साउन २०८० १७:११ | Thursday, August 17, 2023
खुर्काेटमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

काठमाडौँ- सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेश स्थापना गरिएको छ। प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले बिहीबार बेशको उद्घाटन गरे।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट करिब ४० किलोमिटर उत्तरतर्फ स्थापना गरिएको सो बेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको छ।

काठमाडौँदेखि करिब २१० किलोमिटर बर्दिवाससम्मको सिन्धुली बीपी हाईवेमा हुनसक्ने अन्य घटनाहरूसमेतलाई दृष्टिगत गर्दै बेस स्थापना गरिएको सशस्त्र प्रहरी प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपालले यसअघि धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनीको, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीसहित ७ ठाउँमा विपद् व्यवस्थापन बेस स्थापना गरिएका छन्।

प्रकाशित: ३२ साउन २०८० १७:११ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast