क्रान्तिकारी कम्युनिस्टनिकट अखिल क्रान्तिकारीको सिन्धुपाल्चोक भेला सम्पन्न

हिमाल प्रेस ८ भदौ २०८० १३:३१ | Friday, August 25, 2023
क्रान्तिकारी कम्युनिस्टनिकट अखिल क्रान्तिकारीको सिन्धुपाल्चोक भेला सम्पन्न

काठमाडौँ- मोहन वैद्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल क्रान्तिकारीले सिन्धुपाल्चोक जिल्लमा एकता भेला तथा प्रशिक्षण क्रार्यक्रम सम्पन्न गरेको छ।

भदौ ६ गते जिल्लाको इर्खुमा सम्पन्न भएको उक्त भेलाको प्रमुख आतिथ्यता अखिल क्रान्तिकारी की केन्द्रीय सहसंयोजक तथा ३ नं प्रदेश संगठन समितिकी इन्चार्ज शिलु न्यौपानेले गरेकी थिइन्।

भेलाले अर्पणा श्रेष्ठ संयोजक र राजेन्द्र माझीलाइ सहसंयोजक रहने गरी २१ सदस्य जिल्ला संगठन समिति चयन गरेको छ।

अर्पणा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज संकल्पको विशेष आतिथ्यता थियो। त्यसैगरी भेलामा अखिल क्रान्तिकारीका सचिवालय सदस्य तथा प्रदेश ३ संगठन समितिका संयोजक उषाकिरन, आदाज कामी, उपत्यका पश्चिम कमान्ड प्रदेश सहसंयोजक शोभा सेन्चुरी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सिन्धुपाल्चोक जिल्ला कार्यालय सदस्य धन गोलेलगायतको आतिथ्यता रहेको थियो।

प्रकाशित: ८ भदौ २०८० १३:३१ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast