काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल प्रहार भएको छ। मकवानपुर क्रिकेट संघको आठौँ साधारणसभा तथा चौथो जिल्ला अधिवेसनका लागि हेटौँडा पुगेका उनीमाथि शनिबार बिहान खाना खानेक्रममा मोबिल प्रहारी गरिएको हो।
सो घटनाप्रति क्यानले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। घटनापछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रकाशित: २७ साउन २०८० १७:०४ | Saturday, August 12, 2023
प्रतिक्रिया




