कोशीका ५६ ढोका नै खुला

हिमाल प्रेस ९ भदौ २०८० ८:३४ | Saturday, August 26, 2023
कोशीका ५६ ढोका नै खुला

काठमाडौँ- कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। पानीको बहाव बढेपछि गएराति नै ५६ वटै ढोका खोलिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान पानीको बहाव प्रतिसेकेणड ३ लाख ८३ हजार ८०५ क्यूसेक मापन भएको छ ।

यद्यपि अब पानीको बहाव पनि घट्दै गएको र खतराको संकेत टर्दै गएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्।

कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: ९ भदौ २०८० ८:३४ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast