कोशीका मुख्यमन्त्री थापाविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

हिमाल प्रेस ७ भदौ २०८० १०:५९ | Thursday, August 24, 2023
कोशीका मुख्यमन्त्री थापाविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेशले विश्वासको मतविरुद्ध दायर गरेको रिटको पेसीमा बिहीबार सुनुवाइ हुँदैछ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा आज सुनुवाइ हुन लागेको हो।

मुख्यमन्त्री उद्धव थापाले गैरसंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले थापा नेतृत्वको सरकार खारेजीको अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरेको हो।

कोशी सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका हुन्।

मुख्यमन्त्री थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर गैरसंवैधानिक तरिकाले विश्वासको मत प्राप्त गरेको एमालेका कार्कीको जिकिर छ।

प्रकाशित: ७ भदौ २०८० १०:५९ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast