कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेले दायर गर्‍यो सर्वोच्चमा रिट [निवेदनसहित]

हिमाल प्रेस ६ भदौ २०८० १७:०४ | Wednesday, August 23, 2023
कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेले दायर गर्‍यो सर्वोच्चमा रिट [निवेदनसहित] सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालत रिट निवेदन दर्ता गराएका हुन्।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका अध्यक्षमण्डलका सदसय्य तथा कांग्रेस सांसद इस्राइल मन्सुरीलाई मत हाल्न लगाएपछि एमाले अदालत गएको हो।

सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाऊँ भनी रिट दायर गरिएको एमाले प्रमुख सचेतक भण्डारीले बताए।

प्रकाशित: ६ भदौ २०८० १७:०४ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast