के आजै सकिँएला प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ?

हिमाल प्रेस ४ भदौ २०८० ७:१० | Monday, August 21, 2023
के आजै सकिँएला प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ?

काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज (सोमबार) हुँदैछ।

समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो।

उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेकामा तीन वटा मात्र उजुरी परेको थियो।

समितिको सोमबार बस्ने बैठकको सुरुमै उजुरीकर्तासँग जानकारी लिएपछि प्रस्तावित प्रधानन्यायाधीशको ससदीय सुनुवाइ प्रारम्भ हुनेछ। यसअघि बैठकमा परेका उजुरीबारे जानकारी दिन सदस्यहरूलाई त्यससम्बन्धी कागजात वितरण गरिएको थियो।
संसदीय समितिले सही मानेपछि राष्ट्रपतिबाट नियुक्ति भएपश्चात् मात्र श्रेष्ठ प्रधान्यायाधीश बन्ने छन्। आज सुनुवाइ सकिएमा भोलिसम्ममा राष्ट्रपति कहाँ पठाउने समितिको तयारी छ।

 

प्रकाशित: ४ भदौ २०८० ७:१० | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast