केदार न्यौपाने र छक्कबहादुर लामा एमालेको केन्द्रीय सदस्य मनोनीत

हिमाल प्रेस २९ साउन २०८० १६:२३ | Monday, August 14, 2023
केदार न्यौपाने र छक्कबहादुर लामा एमालेको केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ– नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उनीहरु दुवै जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

लामा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका हुन्। यस्तै न्यौपाने नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष त्याग गर्दै एमाले प्रवेश गरेका थिए।

उनीहरूलाई सोमबारको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रकाशित: २९ साउन २०८० १६:२३ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast