कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न सांसद प्रेम सुवालको माग

हिमाल प्रेस १२ भदौ २०८० १४:०० | Tuesday, August 29, 2023
कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न सांसद प्रेम सुवालको माग नेमकिपाका सांसद प्रेम सुवाल।

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट निलम्बन गर्न माग गरेका छन्। आज मंगलबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बिजुली महसुल नतिर्नेहरूलाई छुट दिइरहेको भन्दै निलम्बन गर्न माग गरेका हुन्।

‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ? छानबिन गरी कारबाही हुन जरुरी छ,’ उनले भने,’बिजुली महसुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ।’

प्रकाशित: १२ भदौ २०८० १४:०० | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast