 
                             
                                            काठमाडौँ- सरकारले रोकिएको कित्ताकाट खुल्ला गर्ने गरी भू-उपयोग नियमावली पारित गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम फुकाउने गरी भू-उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रूपमा काम अघि बढ्ने उनले बताए।
                            प्रकाशित: ३० साउन  २०८० १८:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 