कामना सेवा विकास बैंकको ‘तिम्रै लागि’ खाता

हिमाल प्रेस ५ भदौ २०८० ११:५२ | Tuesday, August 22, 2023
कामना सेवा विकास बैंकको ‘तिम्रै लागि’ खाता

काठमाडौँ- कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ। पारिवारिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यका साथ बैंकले ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको हो।

बैंकमा खाता खोलेर उपहारको नयाँ परम्पराको सुरुवात गर्न ‘तिम्रै लागि’ याेजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए।

न्यूनतम १० हजार रुपैयाँमा खोल्न सकिने मुद्दती खातामा मासिकरूपमा ब्याज प्राप्त गर्न सकिन्छ। यो खाता खोल्दा मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेबिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ।

‘तिम्रै लागि’ मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यस खातामा आवश्यकताअनुसार थप रकम जम्मा गर्दै जान सकिनेसमेत विशेषता रहेको छ।

 

 

प्रकाशित: ५ भदौ २०८० ११:५२ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast