 परीक्षामा सहभागी विद्यार्थी। तस्बिर : काठमाडौँ महानगरपालिका
                             परीक्षामा सहभागी विद्यार्थी। तस्बिर : काठमाडौँ महानगरपालिका
                                            काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगरपालिकाभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लिएको परीक्षाको प्रारम्भिक नतिजा आइतबार प्रकाशित गरेको छ।
शनिबार लिएको परीक्षामा ५ हजार १६२ विद्यार्थी सहभागी भएका थिए। ती परीक्षार्थीले न्यूनतम उत्तीर्णांक प्राप्त गरेकाले प्रारम्भिक नतिजा प्रकाशन गरिएको महानगरपालिकाले जनाएको छ। नतिजाउपर चित्त नबुझेमा सोमबार पुनर्योगका लागि निवेदन दिन सकिने महानगरपालिकाको सूचनामा उल्लेख छ।
पुनर्योगका लागि निवेदन दिन परीक्षा आफैँ महागरपालिकाको शिक्षा विभागमा उपस्थित हुनुपर्नेछ। पुनर्योगको नतिजा प्रकाशन भएपछि अन्तिम नतिजा प्रकाशित हुने र अन्तिम नतिजा प्रकाशित गरिने महानगरपालिकाले जनाएको छ। त्यसपछि योग्यताका आधारमा विद्यार्थीलाई अध्ययन गर्न चाहेको शिक्षण संस्था रोज्ने अवसर प्रदान गरी म्याचिङ प्रणालीबाट भर्नाका लागि सिफारिस गरिनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![काठमाडौँ महानगरद्वारा अस्पतालहरूमा आकस्मिक व्यवस्थापनको पहल [सहयोगका लागि सम्पर्क नम्बरसहित]](https://himalpress.com/wp-content/uploads/2024/12/kathmandu-plaza.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 