काठमाडौँ टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अस्ट्रेलियाबीच सहकार्य

हिमाल प्रेस १९ साउन २०८० १५:००
काठमाडौँ टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अस्ट्रेलियाबीच सहकार्य

काठमाडौँ- काठमाडौँ टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी अस्ट्रेलियाबीच सहकार्य हुने भएको छ।

नेपालमा प्राविधिक शिक्षाको स्तर वृद्धि गर्न हुने सहकार्यले नेपाली विद्यार्थीलाई विश्वव्यापी अवसर प्रदान गर्ने सम्झौता उल्लेख गरिएको छ।

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले नेपाली विद्यार्थीलाई विश्वव्यापी सीपका लागि दक्ष पार्न सहकार्य गरिएको बताए। उनले भने, ‘अस्ट्रेलियाको अनुभव र प्राविधिक ज्ञान प्रयोग गर्दै दक्ष जनशक्ति उत्पादन गर्न लाग्नेछौँ।’

क्राउन इन्स्टिच्युट अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत दीपक खड्काले काठमाडौँ टेक्निकल स्कुलमार्फत आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुसी लागेको बताए। उनले भने, ‘नेपाली विद्यार्थीलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन हाम्रो सहकार्य अगाडि बढेको हो।’

प्रकाशित: १९ साउन २०८० १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast