कागबेनी बजारका घरमा थुप्रिएको लेदो हटाउँदै नेपाली सेना

हिमाल प्रेस ३२ साउन २०८० १८:१३ | Thursday, August 17, 2023
कागबेनी बजारका घरमा थुप्रिएको लेदो हटाउँदै नेपाली सेना फाइल तस्बिर

काठमाडौँ- मुस्ताङको कागबेनी बजारमा कागखोला नदीले बगाएर ल्याएको लेदो नेपाली सेनाले हटाउन थालेको छ। नेपाली सेनाले कागबेनी बजारका घरमा थुप्रिएको लेदो हटाएर स्थानीयका लागि बस्नयोग्य बनाउन थालेको हो।

‘मुस्ताङको कागखोला नदीमा लेदोसहित आएको बाढीको कारण बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजारका स्थानीयको घरमा थुप्रिएको लेदो हटाई बस्न योग्य बनाउने प्रयास जारी छ,’ सेनाले भनेको छ, ‘उक्त स्थानमा अवरुद्ध खानेपानी आपूर्ति सूचारु गर्न ८०० मिटर पाईप जडान गरी बस्तीसम्म पानी ल्याउने कार्य गरिएको छ।’

त्यस्तै सेनाले कागबेनी बजारमा विद्युत प्राधिकरणसँगको समन्वयमा बिजुलीको पोल गाड्ने काम गरिएको र उपल्लो मुस्ताङ जान सहजीकरण भइरहेको सेनाको भनाइ छ।

त्यस्तै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-५ सिरिसेमा पहिरोले जोखिममा परेका बस्ती सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको पनि सेनाले बताएको छ। साथै सडक विभागसँग समन्वय गरी सडक सूचारु गर्न सहयोग पुर्‍याइएको सेनाको भनाइ छ।

प्रकाशित: ३२ साउन २०८० १८:१३ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast