कांग्रेस रुपान्तरण अभियानका आठ नेताले भने : प्रहरीको सरुवाले काण्डहरूको अनुसन्धानमा शंका उब्जियो

हिमाल प्रेस ७ भदौ २०८० १७:३० | Thursday, August 24, 2023
कांग्रेस रुपान्तरण अभियानका आठ नेताले भने : प्रहरीको सरुवाले काण्डहरूको अनुसन्धानमा शंका उब्जियो

काठमाडौँ- नेपाली कांग्रेस रुपान्तरण अभियानका नेताहरूले भ्रष्टाचार काण्डमा अनुसन्धानको नेतृत्व गरिरहेका नेपाल प्रहरीका अधिकारीहरूको सरुवा गरेर सरकारले शंका उब्जिने काम गरेको बताएका छन्। रुपान्तरण अभियानका ८ जना नेताले विज्ञप्ति जारी गर्दै प्रहरी अधिकारीको अस्वभाविक सरुवा हुँदा निष्पक्ष छानबिनमाथि गम्भीर प्रश्न उठेको हो।

‘विभिन्न चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि नागरिक तहमै गम्भीर प्रश्न उठेको छ। यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन’ उनीहरूले भनेका छन्।

हालै सरकारले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सम्बन्धमा अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीलाई सरुवा गरेको थियो।

विज्ञप्तिमा कांग्रेस ८ दशकदेखि विधिको शासन स्थापनाका लागि जोखिमपूर्ण लडाइँ लड्दै आएको नेपालको पुरानो प्रजातान्त्रिक राजनीतिक दल भएको भन्दै सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल सावित गर्नु पर्ने भनिएको छ।

गुरुराज घिमिरे- कोशी प्रदेश, रञ्जित कर्ण- मधेश प्रदेश, मधु आचार्य- बागमती प्रदेश, देवराज चालिसे- गण्डकी प्रदेश, गोबिन्दराज पोख्रेल- लुम्बिनी प्रदेश, भूपेन्द्रजङ्ग शाही- कर्णाली प्रदेश, भरतबहादुर खड्का- सुदूरपश्चिम प्रदेश र सुवास लोहनी- डायस्पोराले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन्।

प्रकाशित: ७ भदौ २०८० १७:३० | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast