काठमाडौँ- नेपाली कांग्रेसको अनुशासन समितिको सचिवमा प्रेम केसी मनोनीत भएका छन्।
आइतबार केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको अनुशासन समितिको बैठकले समितिको सचिवमा केन्द्रीय कार्यालयका सचिव केसीलाई मनोनीत गर्ने निर्णय गरेको हो।
साथै आनन्दप्रसाद ढुंगानाको संयोजकत्वको पहिलो बैठकले समितिको कार्यविधि २०८० लाई संशोधनसहित पारित गर्ने निर्णय पनि गरेको छ।
समितिको अर्को बैठक सोमवार बिहान ८ बजे बस्ने जनाइएको छ ।
प्रकाशित: ११ भदौ २०८० ६:५४ | Monday, August 28, 2023
प्रतिक्रिया



