कर्मचारीबारे गरिएको हल्लामा गम्भीर ध्यानाकर्षण : एसबिआई बैंक

हिमाल प्रेस १३ भदौ २०८० २०:५१ | Wednesday, August 30, 2023
कर्मचारीबारे गरिएको हल्लामा गम्भीर ध्यानाकर्षण : एसबिआई बैंक

काठमाडौँ- नेपाल एसबिआई बैंकले आफ्ना कर्मचारीबारे गरिएको हल्लाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

बुधबार विज्ञप्ति निकाल्दै बैंकले आफ्ना कर्मचारीबारे गरिएको हल्लाबारे ध्यानाकर्षण भएको भन्दै छानबिन गरेर सत्यथत्य पत्ता लगाउने बताएको हो।

‘विभिन्न सञ्चार माध्यममा यस बैंकको कर्मचारीको बारेमा लगाइएको आरोपका सम्बन्धमा प्रकाशित समाचारको विषयमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएकोछ,’ बैंकको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा अनुसन्धान सुरु गरिसकेकोछ र अनुसन्धान पश्चात उचित कदम लिइनेछ। नेपाल एसबिआई बैंक सदैव निष्पक्ष, पारदर्शी र बैंकिङ अनुपालनमा विश्वास गर्दछ।’

प्रकाशित: १३ भदौ २०८० २०:५१ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast