 
                             
                                            सुर्खेत- कर्णाली प्रदेशमा दुई लाख १७ हजार ६५० जना बिमा गरेको पाइएको छ।
कर्णालीको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ मध्ये दुई लाख १७ हजार ६५० जना बिमित रहेको बिमा प्राधिकरणले जनाएको छ।
नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख पदमप्रसाद सोडारीका अनुसार सावधिक जीवन बिमा गर्ने ६५ हजार ६७२, अग्रिम भुक्तानी जीवन बिमा गर्ने, १९ हजार ८३७, रुपान्तरित जीवन बिमा गर्ने १२ हजार ११९, बालबच्चासम्बन्धी जीवन बिमा गर्ने ६० हजार ८०६, आजीवन बिमा गर्ने ८ हजार २८२, एकल बिमा १ हजार ४४० र म्यादी जीवन बिमा गर्ने ६ हजार ४१४ र लघु बिमा गर्ने ४३ हजार ८० जना रहेका छन्।
कर्णाली प्रदेशमा निर्जीवन बिमाको अवस्थामा निकै न्यून रहेको कार्यालय प्रमुख सोडारीले जानकारी दिए। कर्णाली प्रदेशमा निर्जीवन बिमाअन्तर्गत सम्पत्ति बिमा गर्ने १४ हजार ८९०, सामुद्रिक बिमा गर्ने १३९, मोटर बिमा गर्ने २३ हजार ८४१, इन्जिन तथा ठेक्का बिमा गर्ने ७०३, विविध बिमा गर्ने ३ हजार १७५, कृषि बाली बिमा गर्ने ११ हजार ५३६ र लघु बिमा गर्ने २ हजार ६९६ जना रहेको कार्यालय प्रमुख सोडारीको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 