कक्षा १२ को नतिजा साउनभित्रै

हिमाल प्रेस २५ साउन २०८० १४:०० | Thursday, August 10, 2023
कक्षा १२ को नतिजा साउनभित्रै

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउनभित्रै प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले साउनभित्रै नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिएका हुन्।

त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआईकनै स्नातक तह प्रथम वर्षमा भर्ना खुलाइसकेको छ। विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको हो।

बोर्डले त्रिविले आफूहरूसँगको समन्वयमा भर्ना खुलाएको स्पष्ट पारेको छ। अध्यक्ष शर्माले भने, ‘१२ को परीक्षाफल यसै महिना सार्वजनिक गर्ने र स्नातकमा भर्ना खुलाउने विषयमा त्रिवि र बोर्डबीच समन्वय भएको छ। त्यसैले नतिजा आउनेबित्तिकै विद्यार्थीले स्नातकमा भर्ना गर्न पाइहाल्छन्।’

कक्षा १२ को गत वैशाख/जेठमा सञ्चालित परीक्षामा साढे चार लाखभन्दा बढी विद्यार्थी सहभागी थिए।

त्रिविले जारी गरेको सूचनामा सबै संकाय, अध्ययन संस्थान, क्याम्पसमा भर्नाका लागि साउन २८ गतेदेखि भदौ मसान्तसम्ममा आवेदन दिन सकिने उल्लेख छ।

प्रकाशित: २५ साउन २०८० १४:०० | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast