‘ऐँचो पैँचो’ले पायो ‘यू’ सर्टिफिकेट

हिमाल प्रेस ८ भदौ २०८० १७:२२ | Friday, August 25, 2023
‘ऐँचो पैँचो’ले पायो ‘यू’ सर्टिफिकेट

काडमाडौँ- फिल्म ‘ऐँचो पैँचो’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) फिल्मलाई ‘यू’ सर्टिफिकेट दिएको फिल्मकी निर्देशक कृषा चौँलागाईले जानकारी दिएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले प्रमाणपत्रसहितको तस्बिर सेयर गरेकी छन्। साथै उनले फिल्म टोलीलाई धन्यवाद दिएकी छन्। ‘मेरा टिमका सदस्य र भगवान् रूपी दर्शक सम्पूर्ण उमेर समूहले हाम्रो फिल्म हेर्न पाउने भएका छन्,’ उनले लेखेकी छन्।

भदौ १४ गते प्रदर्शनमा आउने फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसााल, वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, राजाराम पौडेल, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी, रविन्द्र झालगायत कलाकारको अभिनय छ।

‘कसम हजुरको’, ‘इन्साफ’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘पलाँस’ फिल्मकी निर्माता कृषाले यस फिल्मबाट निर्देशनमा हात हालेकी हुन्। केही दिनअघि फिल्मको ‘काले केटाले’ गीत सार्वजनिक भएको थियो। गीत धेरैले मन पराएका छन्।

प्रकाशित: ८ भदौ २०८० १७:२२ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast