एसिया कप हेर्न दिउँसो २ बजेपछि जनकपुरका विद्यालयलाई बिदा

हिमाल प्रेस १३ भदौ २०८० १३:४५ | Wednesday, August 30, 2023
एसिया कप हेर्न दिउँसो २ बजेपछि जनकपुरका विद्यालयलाई बिदा

काठमाडौँ- एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्।

आजदेखि सुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ। घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ।

नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ। यसअघि नेपालले आइसिसीका अरु स्थायी सदस्यविरुद्ध खेले पनि वरीयताको नम्बर एक टिमसँग भने एकदिवसीय खेल खेलेको थिएन।

यस्तै नेपालले एकदिवसीय खेलमा पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको हो। औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो।

सन् २०१४ को टी २० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठूलो प्रतियोगिता हो।

टी २० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन। नेपालले २०२३ को एसिया कपमार्फत् प्रतियोगितामा डेब्यु गर्दैछ।

 

प्रकाशित: १३ भदौ २०८० १३:४५ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast