एसिया कप खेल्ने नेपाली टिमलाई प्रधानमन्त्रीले दिए शुभकामना

हिमाल प्रेस १३ भदौ २०८० ११:४३ | Wednesday, August 30, 2023
एसिया कप खेल्ने नेपाली टिमलाई प्रधानमन्त्रीले दिए शुभकामना तस्बिर : प्रदीपराज वन्त

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जितका लागि शुभकामना दिएका छन्।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन्।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए।

भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए। आज नेपाली क्रिकेट टीमले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बलियो पाकिस्तानी टिमसँग नेपालले चुनौती पूर्ण खेल खेल्दैछ।

प्रकाशित: १३ भदौ २०८० ११:४३ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast