एसिया कप क्रिकेटका लागि भोली मुल्तान जाँदै नेपाली टिम

हिमाल प्रेस ९ भदौ २०८० २०:४९ | Saturday, August 26, 2023
एसिया कप क्रिकेटका लागि भोली मुल्तान जाँदै नेपाली टिम शनिबार कराँची जिमखाना क्रिकेट मैदानमा अभ्यासका क्रममा। तस्बिर : पीसीबी

काठमाडौँ- पहिलो पटक एसिया पक क्रिकेटमा सहभागी हुन लागेको नेपाली टिम भोली (आइतबार) मुल्तान जाने भएको छ।

गत बुधबार पाकिस्तान पुगेको नेपाली टिमले शनिबारसम्म कराँचीमा अभ्यास गरेको थियो। पाकिस्तान क्रिकेट (पीसीबी)ले शनिबारसम्म कराँचीमा अभ्यास गरेको नेपाली टिम आइतबार मुल्तान जाने बताएको छ।

आउँदो बुधबार मुल्तानमा नेपाल र पाकिस्तानबीच एसिया कपको उद्घाटन खेल हुने खेल तालिका छ। एसिया कपमा ६ टिमको सहभागिता रहेको छ। दुई समूहमा खेलाइने प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन्। त्यस्तै अफगानस्तान, बंगलादेश र श्रीलंका समूह ‘बी’ मा छन्।

प्रकाशित: ९ भदौ २०८० २०:४९ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast