एसिया कप क्रिकेटका लागि नेपाली टिम आज राति पाकिस्तान जाँदै

हिमाल प्रेस ५ भदौ २०८० २१:४५ | Tuesday, August 22, 2023
एसिया कप क्रिकेटका लागि नेपाली टिम आज राति पाकिस्तान जाँदै तस्बिर : क्यान

काठमाडौँ- यही अगस्ट ३० तारिखदेखि पाकिस्तानमा हुने एसियाकप क्रिकेटका लागि नेपाली टिम आज (मंगलबार) रात पाकिस्तान जाने भएको छ। पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरिसकेको छ।

३० अगस्टमा पाकिस्तानको मुल्तानमा हुने उद्‌घाटन खेल नेपालले पाकिस्तानसँग खेल्ने तय गरिएको छ। सोअघि पाकिस्तानमा अभ्यास गर्न नेपाली टिम आजै पाकिस्तान जान लागेको हो।

एसिया कपमा नेपालसहित ६ टिमको सहभागिता छ। एसिया कपमा भारतसँगका सबै खेल श्रीलंकामा तय गरिएका छन्। पहिलोपटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’मा भारत र पाकिस्तानकै समूहमा छ। समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ। नेपाल र भारतबीचको खेल श्रीलंकामा हुनेछ। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले प्रतियोगिताका लागि आफू निकै सकारात्मक रहेको बताए।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने बताए। उनले भारत र पाकिस्तानसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने भन्दै आफ्नो टोली मानसिकरूपमा तयार रहेकाले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए।

प्रकाशित: ५ भदौ २०८० २१:४५ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast