एसिया कपको उद्‌घाटनमा गायिका त्रिशला गुरुङको प्रस्तुति

हिमाल प्रेस १३ भदौ २०८० १२:२२ | Wednesday, August 30, 2023
एसिया कपको उद्‌घाटनमा गायिका त्रिशला गुरुङको प्रस्तुति

काठमाडौँ– एसिया कप २०२३ को उद्घाटन कार्यक्रममा नेपाली गायिका डा. त्रिशला गुरुङले प्रस्तुति दिँदैछिन्। आज (बुधबार) नेपाली समयअनुसार दिउँसो सवा ३ मा नेपाल र पाकिस्तानबीच उद्घाटन खेल हुनेछ।  पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुने समारोहमै गायिका गुरुङले सांगीतिक प्रस्तुति दिने भएकी हुन्।

‘आज पाकिस्तानको मुल्तान स्टेडियममा टिम नेपाल र सम्पूर्ण नेपाली खेलकुद समुदायका लागि ऐतिहासिक दिन हो,’ गायिकाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेकी छन्, ‘सबैले खेललाई माया गरौँ। हाम्रो राष्ट्र र टोलीको लागि गीत प्रस्तुत गर्न पाउँदा सम्मानित महसुस गरिरहेकी छु।’

पाकिस्तानविरुद्ध खेलेर नेपालले एसिया कपमा डेब्यु गर्दै छ। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलोपटक विश्वको नम्बर एक क्रिकेट टिमसँग खेल्न लागेको छ। एसिया कपमा ६ टिमको सहभागिता छ। दुई समूहमा खेलाइने प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने अफगानिस्तान, बंगलादेश र श्रीलंका समूह ‘बी’मा छन्।

प्रकाशित: १३ भदौ २०८० १२:२२ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast