‘एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड’ उजय शाक्यलाई

हिमाल प्रेस ४ भदौ २०८० १७:३७ | Monday, August 21, 2023
‘एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड’ उजय शाक्यलाई

काठमाडौँ- आउटरिच नेपालका संस्थापक उजय शाक्य ‘एसियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड’बाट सम्मानित भएका छन्। सीएमओ एसिया अवार्डको १४औं संस्करणबाट उनी सम्मानित भएका हुन्।

उक्त कार्यक्रम गत बिहीबार प्यानप्यासिफिक सिंगापुरमा आयोजना गरिएको थियो। वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेसनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने लाई सम्मान गर्दै आएको छ।

शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो। शाक्यले विगत दुई दशकदेखि विश्वव्यापी ब्राण्डहरूलाई नेपालमा सफलतापूर्वक शुभारम्भ गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको छ।

सन् २०१५ मा शाक्यले प्रकाशित गरेको पुस्तक ब्राण्ड सूत्रले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ। एशियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमित उपस्थित रहने शाक्य विज्ञापन तथा ब्राण्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन्।

प्रकाशित: ४ भदौ २०८० १७:३७ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast