काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालका १२ एसपीलाई एसएसपीमा बढुवा गर्नका लागि सिफारिस गरिएको छ। सशस्त्र प्रहरी निमावली २०७२ को नियम ३९ को उपनियम १ को ख बमोजिम आज बिहीबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। सशस्त्र प्रहरीमा ३८ जना एसएसपी छन्। अहिलेको बढुवा सिफारिस रिक्त पदका लागि भएको हो। बढुवाका लागि १९ जना एसपीहरू प्रतिस्पर्धामा थिए।

प्रकाशित: ३२ साउन २०८० १८:२८ | Thursday, August 17, 2023
प्रतिक्रिया




