एमाले सचिवालय बैठक। फाइल तस्बिर
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
निरन्तर वर्षासँगै बाढीपहिरोका कारण यातायात अवरुद्ध भइरहेकाले बैठक स्थगित गरेको उनले बताए। अर्को बैठकको मिति चाँडै तय गरिनेछ।
प्रकाशित: ८ भदौ २०८० १५:४१ | Friday, August 25, 2023
प्रतिक्रिया



